एजेन्सी । गर्मी दिनहुँ बढ्दै गएको छ, त्यसैले आफ्नो आहारमा सकेसम्म धेरै तरल पदार्थ समावेश गर्नुहोस् । किनभने गर्मी मौसममा शरीरमा पानीको कमी हुनु सामान्य कुरा हो । तर, बारम्बार शरीरमा पानीको कमी हुँदा शरीर कमजोर हुन थाल्छ । यो मौसममा शरीरबाट पसिनाको माध्यमबाट पानी बाहिर निस्कन्छ । तसर्थ, शरीरमा पानीको कमीलाई हटाउन, तपाईं आफ्नो आहारमा नरिवल पानी समावेश गर्न सक्नुहुन्छ ।
नरिवलको पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नरिवलको पानीमा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, भिटामिन सी आदि जस्ता धेरै महत्त्वपूर्ण पोषक तत्वहरू पाइन्छ । हरेक बिहान खाली पेटमा नरिवलको पानी पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ । त्यसैले ढिलो नगरी नरिवल पानी पिउनुका फाइदाहरु जान्नुहोस् ।
टाउको दुख्ने
कडा घाम र गर्मीका कारण धेरैलाई एक्कासी टाउको दुख्न थाल्छ वा बाहिरबाट फर्किएपछि यस्तो दुखाइ हुन्छ । यसको पछाडिको कारण पनि निर्जलीकरण हुन सक्छ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने नरिवल पानीको सेवन गर्न सक्नुहुन्छ । यसले तपाईंलाई राहत दिन सक्छ ।
मधुमेह
नरिवलको पानी पिउनाले मधुमेहका बिरामीलाई फाइदा गर्छ । वास्तवमा मधुमेहको समस्या इन्सुलिनको कमीले हुने गर्छ ।
बजन घटाउन
नरिवलको पानी पिउँदा शरीरलाई आवश्यक सबै तत्व प्राप्त हुन्छ । साथै, यसलाई पिउनाले लामो समयसम्म पेट भरी रहन्छ, जसले धेरै खानेकुराबाट बच्न र तौल घटाउन मदत गर्छ ।
एनर्जी
यदि तपाई थकित महसुस गर्नुहुन्छ भने हरेक बिहान नरिवल पानी पिउनुहोस् । यसबाट थकान र कमजोरीको समस्या हटाउन सक्नु हुन्छ ।






