बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । मेलौली नगरपालिका १ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो । नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो ।
उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए ।
नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए । दिपकको मलेसियामा मृत्यु भएपछि उनको घर परिवार शोकमा डुबेको छ ।




