काम समयमै हुन्छन्
मात्र खडा हुँदैन
वर्षदिनअघि लडेको त्यो
बिजुलीको खाँबो
सबैको काम,
तर मेरो होइन
सबैले गर्ने,
तर मैले होइन
सबैको हो,
तर कसैको होइन ।
मेरो हाँसो र रोदन
मसँगै छोडिएको छ
घाटाहरू जति थपिँदै जान्छन्
आशाहरू त्यति खारिँदै जान्छन् l
अँ, तपाइँ मलाई आश्वासन दिनुहुन्छ भने
म पनि मनाउँछु नयाँ साल
दिनुहोस् न मलाई आश्वासन
युवाहरूले मदिरा नपिउने
जिन्दगी बेहोस भएर होइन
होसमा जिउँने l
गाउँको त्यो चौतारीपनि
बिरानो भएको
धेरै वर्ष भयो
युवा मूभीमा व्यस्त छन्
बच्चाहरू भविष्य निर्माणलाई
सहर दगुरेको दगुरै छन्।
अफसोस !
गाउँमा सिलोक हाँक्ने
चलन पनि
अबदेखि उठ्ने पर्यो
मन्दिरको नजिकै छ उसको महल
तर ऊ ईश्वरदेखि धेरै टाढा छ ।
बाहिरी अवयव हेरेर
मानिसलाई चिन्न गाह्रो छ हिजोआज
कलकलाउँदा कोपिलाहरू फष्ट नै नपाई
राक्षसहरूको सिकार भएका छन्
यस्तो अमानवीय कार्य देखेर
अनादि कालदेखि
अपशक्तिहरूको ताण्डव चलेको छ यो धर्तीमा ।
खोक्रो स्वाभिमान बचाउन मानिस
पलायनवादी भएर असुरहरू सधैँ
जीवित भएका हुन्
ऐनको धीमा गतिले गर्दा
एकपछि अर्काे दानवीय कार्य
देखा परेको हो
जबसम्म एन्काउन्टर हुँदैन अमानवीय कार्य
गर्ने पिशाचहरू
दोहोरी नै रहन्छन्
टुसाउनै नपाइकन यसरी
किन निमोठिन्छन् सपनाहरू
किन नाङ्गिन्छन्
किन चिथोरिन्छन्
जीवनका हरेक मोडमा यिनीहरू ?
सपनाहरू देवदासी बन्ने परम्परा पनि उहिलेको हो
खोज्नु हो भने आज पनि पाइन्छन् होला
देवालयहरूमा
कुनै जटाधारीको सिकार भई
बसेका देवदासीहरू
हो,
यस्ता दैत्य आँधी राम कृष्णको दिनमा पनि चल्थे
आज पनि चलिरहेका छन्
यो समाज मसान बन्छ भन्नेलाई भन्नदेऊ
आफ्नो अस्तित्वलाई चिन
सबल बन
हेर,
तिमी सबल बन्यौ भने
कुनै पिशाचले तिम्रो शोषण गर्न सक्दैन
सक्दैन जिस्काउन बिच सडकमा ।
जुन सियो मैले फाटेको मन सिलाउन राखेको थिएँ
भत्किएको माला
बुन्न साँचेकी थिएँ
हिजोआज कहिलेकाहीँ मुटु
च्वास्स चस्किने गर्छ
त्यही सियो फुत्त निस्किएर
घरीघरी घोच्छ मलाई ।
हिजोआज बैशाख आउनलाई
माइक र डाइस चाहिन्छ
उन्मुक्त मन अनि मदिरा चाहिन्छ ।
मात्रै,
मात्रै मेरो रसपान गर्नका निम्ति
मेरो हेरचाह गरेका रहेछन् ।
मेरो शरीरलाई चुसेर
मेरा खोसेल्टाहरू फ्याँकिदिए
मेरो रसपान गरी
मलाई खोक्रो बनाए
मलाई दुखाएर खुसी हुने
कस्तो महान तिमी ?
गोजिमा राखेको वाणिज्यिक मुस्कान
फुत्त झिकेर ओठमा लिप्दै
एउटा मिठो असत्य गीतको
तानपुरा छेड्ने प्रयास गर्छ
मेरो मन ।
विधवाको मर्मवेदना उपलब्धि गर्ने धेरै हुन्छन्
तर विधुरको मन शोकमा आतुर भएको कसले देख्ने ?
त्यसैले विधुरको कलम
रातको अँध्यारोमा सिरानी
भिजाएर रुन्छ
मर्दलाई पनि दर्द हुन्छ
तर ऊ प्रकट गर्दैन ।




