एजेन्सी । जब पेट गुडगुड गर्न थाल्छ, ग्यास पनि बन्न थाल्छ । यो ग्यासका कारण पेटमा दुखाइ पनि सुरु हुन्छ । यस्तो अवस्थामा पेटको ग्यासबाट छुट्कारा पाउन केहि घरेलु उपाय अपनाउन सकिन्छ ।
यी घरेलु उपचारमा ती खानेकुराको उल्लेख गरिएको छ जसले पेटमा गडगडाहट बन्द गर्छ । पेटमा ग्यास बन्ने प्रक्रियालाई रोक्छ र पेट दुखाइबाट राहत दिन्छ ।
पेटको ग्यास हटाउने घरेलु उपाय
जीराको पानी
पेटमा ग्यास आउन थाल्यो भने जिराको पानी पिउन सुरु गर्न सक्नुहुन्छ । जीराको पानी पाचन क्रिया सुधार गर्न प्रभावकारी हुन्छ र जीराको पानी पिउँदा पाचन सम्बन्धी विकारहरू निको हुन्छ । एक गिलास पानीमा एक चम्चा जीरा लिनुहोस् र उमाल्न राख्नुहोस् । यस पानीलाई १० देखि १५ मिनेटसम्म पकाएर एक कपमा निकालेर चिया जस्तै पिउनुहोस् । पेटको ग्यासबाट राहत मिल्छ ।
हींग
पाचन सुधार गर्न र पाचन विकारहरू निको पार्न हींगको सेवन गर्न सकिन्छ । जसरी भएपनि खान सक्नुहुन्छ वा एक गिलास पानीमा आधा चम्चा हींग मिसाएर पिउनु होस् । पेटको ग्यास कम हुनुका साथै पेट दुख्ने समस्या पनि कम हुन्छ ।
अजवाइन
अजवाइनको सानो दानाले पेटमा ठूलो फाइदा पुर्याउँछ । यी बीउहरूमा थाइमोल नामक यौगिक हुन्छ, जुन पेटको लागि धेरै फाइदाजनक हुन्छ । एक गिलास पानीमा आधा चम्चा अजवाइनको दाना तताएर पिउन सक्नुहुन्छ ।
अदुवाको चिया
अदुवाको चिया दूधमा होइन सादा पानी मिसाएर पिउनाले पेटको समस्याबाट छुट्कारा पाउन सकिन्छ । एक चम्चा पिसेको अदुवा लिनुहोस् र यसलाई एक कप पानीमा हाल्नुहोस् र पकाउनुहोस् । यस चियालाई छान्नुहोस् र यसमा एक चम्चा कागतीको रस हाल्नुहोस् । यो चिया पिउनाले पेटको ग्यासबाट मुक्ति मिल्छ ।
कागतीको रस र बेकिंग सोडा
यो सरल घरेलु उपायले पेटको ग्यास हटाउनेछ । एक गिलास पानीमा एक चम्चा कागतीको रस र आधा चम्चा बेकिङ सोडा मिसाएर मिलाउनुहोस् । यो पानी पिउनाले ग्यासको समस्या हट्छ । यसले पाचन प्रक्रियामा पनि सुधार गर्छ ।






