म कवि होईन,
तर, कविता मन पराउछु ।
कविको मनलाई गहिराईसम्म अनुभव गर्न चाहान्छु ।
कतिपय सजिलै बुझ्छु
कति नबुझेपनि
शब्दहरूबाट अट्कल काट्छु
अनि
म पनि प्रयास गर्छु कविता कोर्ने ।
भावहरू पलाउछन, अनि बिलाउछन
मेरा अनभिज्ञ औंलाहरू
मोबाइलको कि-पेड थिच्दै अघि बढ्छन
मध्यरात तिर ।
केही अधकल्चा शब्दहरू कोरेपछि
भावनाले कोल्टे फेर्छ
यो पन्ना आधा राखेर अर्को पन्नातिर लाग्छु..
सोचहरू अझ पलाउछन
कतै देशप्रेम उब्जिन्छन त कतै प्रकृतिप्रतिको माया…
कतै हिमाल हासेको देखिन्छ
कतै तराई बलेको देख्छू
देशको सिमाना मिचिनू
र गरिब सदै पिसिनू,
गरिबीले चारैतिरबाट सताएका अनुहारहरूले
कहिले चिहाउछन,चिच्याउछन..!
हून्न.. !
अहिँलेको समय उन्नतिको समय
कडोरौको आवादीमा गरिबीलाई नियालेर
मन दुखी पार्दैन कसैले
म मोडिन्छु
समाजका धनीको
जालसाज़ी लुक्दैनन मेरा नजरबाट
ढुङ्गैको होकि मन
कि त फलामको,
अजमरि पाएकै झै गर्छन ।
आ…! के खाँचो..! अरूपनि छन समाजमा
नदेखेको कसले छ र..?
उसले जानेको छ, पैसा छरेर
पैसा बटुल्नलाई..
पैसाको तागतले रन्किएका राता आँखा डुलाएर
उसले ‘हो’लाई ‘होईन’
‘होईन’लाई ‘हो’ बनाउन जान्दछ ।
पालुवा कुकुरहरू भुक्तैनन यिनीहरूलाई
बरू झत्ते-झोलेलाई भगाउछन
श्याबास..!
भतुवागिरिको उचित पुरस्कार मिल्छ उसलाई।
धत्….! गाँधीले भँनेजस्तै
अरूको नराम्रा कुरा नगर्ने
अरूको नराम्रो नहेर्ने
नराम्रो नबोल्ने भन्दै मनलाई सम्झाउछु
समाज बदल्न सक्तिन
आँफैलाई बदल्नु पर्छ
विस्तारै सामान्य लाग्छन अघिका कुराहरू..।
मेरा दिनभरीका अनुभव कोरिदै जान्छन
सुन्दर पृथ्वीमा एउटा कुनो बनाउछु
मेरो आवासलाई
कल्पनाका रंगीन बुट्टाहरूले सजाउछु
भावनामा महकिन्छ घर
अनि ..
चरम सुखको अनुभव गराउछ ।
मेरा औँला चल्छन
भावहरूले कोल्टे नफेरून्जेल…!
तर म कवि होईन ।




