भुपु राष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुन: सक्रिय हुने कुराले विशेष महत्व बोकेको हुन सक्छ ।
१. नेपालको भूराजनीति अवस्थालाई हेर्दा, भण्डारीको पुन: सक्रिय हुने सन्देशले विशेष महत्व राख्न पनि सक्ने देखिन्छ । बदलिँदो विश्व भु राजनीतिमा नेपालले पनि एउटा धार स्पष्ट रूपमा समात्न सक्नु पर्ने अवस्था सृजना हुँदै गएको छ । त्यो कुरामा भण्डारी स्पष्ट रहेको पाइन्छ ।
२. उनको कार्यकालमा भए गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका कामहरूले गर्दा उनी पुन: राजनीतिमा सक्रिय हुन खोजेको पनि हुन सक्छ ।
३. नेकपा एमालेको प्रमुख रहेर, नेकपालाई एउटा स्पष्ट धारमा हिंडाउन सक्ने अवस्था सृजना हुन पनि सक्छ। यो एमालेको निम्ति सुखद संदेश बन्न सक्ने सम्भावना रहेको देखिन्छ ।
अस्तु ।




