काठमाडौं । कोरोना विरुद्धको खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन् । त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन ।
खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु
– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने
– थकाई र आलस्य महसुस हुने
– ज्वरो आउने तथा टाउको दुख्ने
– वाकवाकी हुने, वान्ता आउने
– माशंपेशी वा जोर्नी दुख्ने
– फ्लुको जस्तो लक्षण देखिने
यस किसिमको सामान्य असरहरुले खोप लिने व्यक्तिहरुको स्वास्थ्यमा गम्भिर असर नपर्ने मन्त्रालयले जनाएको छ । यी असरहरु विस्तारै आफैँ कम भएर जान्छन् ।






