एजेन्सी । बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुर चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार अवस्थामा राखेकी छिन् ।

शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् । उनले, यो बर्ष नै बलिउडमा डेब्यू गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनै, शनाया बलिउडमा प्रवेश गर्नु अगाडि नै चर्चामा छिन् । शनाया आफ्नो बोल्ड छविका कारण चर्चामा छिन् । हालैमात्र, उनले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गरेकी छिन् । जसमा, उनी विकिनीमा प्रस्तुत भएको देख्न सकिन्छ ।

सेतो विकिनीमा उनले खिचाएको तस्वीरलाई उनका फ्यानहरुले प्रशंसा गरिरहेका छन् । बलिउडमा आउनु अगाडि नै फ्यानको मनमा बस्न सफल शनायाको फोटोले सामाजिक संजालमा तहल्का मच्चाएको छ ।







