१. थोत्रा जहाज किन्छन् नेपाली ब्यापारीले ।
२. त्यसको दैनिक अनुगमन गर्ने गराउने सरकारी निकायलाई मतलब हुँदैन । निजी क्षेत्रको कम्पनी हो, जे सुकै गरोस, के मतलब भन्ने मानसिकतामा काम गर्छन् ।

लेखक : डा. पोखरेल
३. जहाजको मालिक (कम्पनी) ले योग्य इमान्दार प्राविधिकको व्यवस्था पनि गरेको हुँदैन । जसले गर्दा दैनिक रूपमा राम्रो परीक्षण तथा अवलोकन गरेको हुँदैन ।
४. तर यात्रुहरुसंग चर्को मूल्यमा टिकट बेच्ने कार्टेलिङ (सेटिङ) चाहिँ सबै निजी कम्पनीहरु देखि सरकारी जहाजमा समेत लागू गरिएको छ ।
५. अहिले दुर्घटना भएको भनिएको जहाजमा १५/२० जना यात्रुहरु लैजाने अनुमति कसले दियो ? यदि जहाज मर्मतको लागि जाँदै थियो भने झन् त्यति धेरै मान्छेहरू जहाज चढ्न मिल्ने अनुमति कसले दियो ? वास्तवमा यहाँ कसैले कसैलाई अनुमति दिने लिने गर्दैनन् । आफू खुसी उनीहरू जहाज ल्याउने लाने गर्छन् । औपचारिकताको निम्ति कागजमा चाहिँ सबै कुराहरू लेख्छन् ।
६. नेपालमा जसलाई पर्यो पर्यो, सम्बन्धित निकाय वा व्यक्ति वा संस्था कसैलाई मतलब हुँदैन । कसैले जिम्मेवारी लिनु पर्दैन ।
७. तर व्यक्तिगत स्वार्थका निम्ति यहाँ जे पनि गर्छन् ती निकायका मान्छेहरू । अस्ति भर्खरै त्रिशूलीमा ६०/६२ जना बेपत्ता हुँदा पनि यहाँ कसैले खास चासो राखेको थिएन । थुप्रै दिनसम्म बासको लठ्ठी लियर त्रिशूलीमा मान्छे खोज्दै थिए सेनाका जवानहरू । बस खोज्दै थिए !
जबकि नेपालको कुनै एउटा निकायमा खोला नदीमा भएका दुर्घटना वा उद्दारको निम्ति एउटा विशेष दस्ता तयार गर्नु पर्ने हो, चाहे त्यो सेना, सशस्त्र वा प्रहरी भित्र किन नहोस । त्यो कुरा नेपालमा दशकौदेखि अपरिहार्य थियो र आगामी दिनहरुमा समेत छ । तर स्थिति कति दयनीय छ, आँखा अगाडि नै छ ।
८. बस दुर्घटना वार्षिक दर्जनौं भइरहेका हुन्छन् नेपालमा, त्यसलाई रोक्न नियन्त्रण गर्न के के गर्नु पर्ने हो ? त्यसको कुनै मतलब छैन सरकारी निकायमा ! जस्तै सानो तपशिलको उदाहरण: गाउँ टोलका सबै भन्दा लफंगा आवाराहरुले गाडीको ड्राइभरको लाइसेंस लिएका हुन्छन् ।
त्यसैगरी मोटरसाइकल दुर्घटना गराउने २०/२५ वर्षका अर्को थरी जौवा केटाहरु हुन्छन् शहरमा । ऊ आफु त दुर्घटनामा पर्यो पर्यो, उसले अरूलाई पनि मारिरहेको छ ! यो कुरा नियन्त्रण गर्नु पर्दैन ? त्यसलाई सही ट्र्याकमा ल्याउँने विधि विधानको अनुसूची बनाउनु पर्दैन ? अरू गम्भीर बुँदाहरू यहाँ उल्लेख गर्नु पनि आवश्यक छैन । किनभने त्यसको कुनै अर्थ छैन ।
९. मुख्य कुरा: नेपालमा मान्छेको जीवनको कुनै मूल्य छैन । विवेकहीन कुकर्म गरेर स्वार्थ पूर्ति गर्ने होडबाजीमा चाहिँ अब्बल सावित भएका छन् नेपालीहरु ! त्यसको लागि नेपालको नाम चार पाँच वटा कुराहरूमा विश्वको नम्बर एक देखि पाँच सम्म पर्ने हैसियतमा समेत गिरेको छ ! लाज, सरम, नैतिकता र विवेक सबै कुराहरू छोडिसकेका छन् नेपालीहरुले ।
अस्तु ।




