हातमा सीप भएका इन्डियनहरुलाई नेपाली नागरिकता दिनु नेपालकै हितमा छ ।
१. हातमा वा दिमागमा स्किल (Skill) भएर पनि अधिक जनसंख्याको कारण इन्डियामा टिक्न नसकेका इन्डियनहरु नेपाल आउने हुन, आएका छन् उनीहरु । यो सामान्य प्राकृतिक नियम हो । दशकौदेखि दशौं हजारको संख्यामा त्यो प्रकारका दक्ष जनशक्ति परिवारसहित नेपालमा रहेका छन् ।
२. यो प्रकारको हातमा सीप भएका इन्डियनहरूलाई नागरिकता दिँदा फरक पर्दैन । कारण त्यो सीप नेपालीसँग छैन वा नेपालीले गर्दैनन्, कम्तीमा पनि हालसम्म ।
३. नेपालीहरुमा खोक्रो आडम्बर धेरै भएका कारण यो समस्या आएको हो जस्तो देखिन्छ । अर्थात् यो प्रकारको सीप छैन नेपालीहरुमा । त्यो सीप सिकाउने संस्था वा केन्द्रहरू समेत छैनन् नेपालमा । जस्तै पल्मबर देखि नाई सम्म, पार्केटिङ देखि प्लास्टरसम्म आदि इत्यादि उनीहरूले खुसी खुसी भएर गर्छन्, गरिरहेका छन् । उनीहरूका ठेकेदार पनि इन्डियन नै छन् । उनीहरूको (ठेकेदारहरु) पनि नेपाली नागरिकता छैन । तर नेपाली कति जना युवा युवतीहरु त्यो पेशा गर्छन्, हामी आफैले वरिपरि हेरौ बुझौं स्वतः स्पष्ट थाहा हुन्छ ।
४. अझै अगाडि कुरा गरौं, सुन तथा चाँदीको गरगहना बनाउने कला नेपालीहरुमा छैन वा नेपाली युवा युवतीहरु त्यो गर्दैनन् । तर करिब सात हजार भन्दा बढि कालिगढहरु इंडियाबाट नेपाल आएका छन् त्यो स्थान पूर्ति गर्न। अझ साडी कुर्ताको बुट्टा भर्ने कला वा सीपको कुरा त नेपालीको हातमा कल्पना नगरे पनि हुन्छ ।
५. यदि यस्ता प्रकारका सीप भएका इन्डियन युवाहरुलाई नेपाली नागरीकता दिने हो भने, वार्षिक अरबौं रुपैयाँ विदेशिन बाट स्वतः रोकिन्छ । उनीहरू यतै घरबार गरेर बस्न सुरु हुन्छ। गज्जब हुन्छ । उनीहरूलाई हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीको रूपमा पाउँदा हामी सबैलाई खुसी लाग्छ होला र त्यो गर्वको कुरा पनि हो ।
अस्तु ।
ए पोख्रेल ।




