एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले इन्गेजमेन्ट गर्ने भएका छन् । सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि अभिनेता शोभितासँग सम्बन्धमा रहेको खबर सुन्नमा आइरहेको थियो । अब दुवैले सम्बन्धलाई नयाँ नाम दिने तयारी गरेको बताइएको छ ।
नागा चैतन्य र शोभिता धुलिपालाले बिहिबार मगनी गर्न लागेको भन्दै द ग्रेट आन्ध्राले समाचार छापेको छ । नागा चैतन्यका पिता दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनले उनीहरूको सम्बन्धलाई अफिसियल बनाउने आशा गरिएको छ ।
नागा चैतन्य र शोभिता धुलिपाला विगत केहि वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । उनीहरूबिच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी सुरु भएको थियो । यी दुबैले आफ्नो सम्बन्ध बारे कहिल्यै मुख खोलेनन् । तर, यतिबेला भारतीय सञ्चारमाध्यममा दुवैले आज मगनी गर्न लागेको चर्चा छ ।
अभिनेताको आवासमा यो मगनी हुन सक्ने बताइएको छ । पछिल्लो समय यो जोडी प्रायः सँगै देखिने गरेका छन् । नागा चैतन्यका पिता नागार्जुनले यस मगनी बारे एउटा नोट जारी गर्ने बताइएको छ । शुक्रबार इन्गेजमेन्टको तस्बिर सार्वजनिक हुन सक्ने छ ।




