बंगलादेशले आर्थिक तरक्की गर्नै आँटेको थियो तर आफ्नै बङ्गाली सेनाले धोका दियो, जसरी राजा ज्ञानेन्द्रलाई धोका भयो नेपालमा ।
१. नेपाल पछि इन्डियाले आफ्नो दोस्रो सशक्त जासुस सञ्जाल खडा गरेको रअ (R &AW) ले बंगलादेशमा थियो । तर उसले अहिलेको कलर रिभोलुसनको सुइँको सम्म पाएन ! बरु आज भन्दा नौ महिना अगाडि रसियन खुफिया एजेंसीले हसिनालाई सचेत गराएको थियो ।
तर हसिना सरकारले त्यसलाई गम्भीर रुपमा ग्रहण गर्न असफल भयो, यसको पछाडि एउटै कारण हो, बंगाली सेनाले आफै त्यो कलर रिभुलेशनमा सहयोगको लागि आफूलाई प्रशिक्षित गर्दै थियो ।
२. यहाँ एउटा कुरा स्मरण गराउन चाहन्छु कि, सिक्किमलाई इन्डियामा विलय गराउनु भन्दा जम्मा दुई दिन अगाडि मात्र, इन्दिरा गान्धीलाई ब्रिफिङ गरेको थियो। यो कुरा आरके यादवले (RK Yadav) स्वयम् लेखेका छन् ।
अर्थात् इन्डियाको रअ (R &AW) ले स्वतन्त्र रूपमा काम गर्ने गर्थ्यो । अनि अर्को कुरा यसले के संदेश दिन्छ भने, सायद रअ षड्यन्त्र गर्न सफल छ, तर गुप्तचरी गर्न कमजोर छ ! यो कुरामा इन्डियाले आफैले आफूलाई थप प्रसिक्षित गर्नु आवश्यक छ होला ?
३. बेबी किङको पासो फालेर वा ज्ञानेन्द्र शाहलाई दलाई लामाको जस्तो हविगत गराउन खोजेको सेना र विदेशी शक्तिहरूलाई राजा ज्ञानेन्द्र शाहले राम्ररी बुझ्न सफल भई, राष्ट्रको पक्षमा उभिने जुन आँट गरे, ठ्याक्कै हाल बंगलादेशमा हसिनाले गरिन् ।
४. उनले देश छोड्न राजी भइन् तर विदेशी शक्तिहरूले सञ्चालन गरेको कलर रिभुलसन्न अगाडि आत्म समर्पण गरिनन् । उनले देश प्रथम हो, सत्ता र राजनीति दोस्रो हो भन्ने सन्देश दिएकी छिन्। उनको त्याग बंगाली जनताको निम्ति हो । देशको राष्ट्रियता अक्षुण राख्नको निम्ति हो । अब बंगलादेश विदेशी शक्तिहरूको मैदान हुने कुरामा कुनै शंका रहँदैन ।
अब बंगलादेश सबै कुरामा अधोगति रूपमा रहने छ दशकौंसम्म । अठार करोड बङ्गालको दुःखका दिनहरू पुन: सुरु भएको छ। गरिबी र दरिद्रता बंगालको निम्ति समान्य हुने छ !
५. विषयलाई मिहिन रूपमा हेर्यो भने के देखिन्छ भने, चाइना यस्तो शक्ति हो, जसले चरम अवसरवादी नीति अपनाउने गर्छ, जुन शेख हसिनाको सरकारको मामला पनि, राजा ज्ञानेन्द्र शाहलाई जसरी बेवास्ता गरेको छ।
अर्थात् शेख हसिनालाई पनि धोका दिएको छ। उसले आफ्नो कूटनीतिक शक्ति प्रयोग गरेन! गर्न चाहेन । यदि चाहेको भए, हसिना देश छोडेर हिड्नु पर्ने थिएन । बंगाली सेना हसिनाको रक्षाको निम्ति उभिने थियो ।
६. चाइनाको विश्वास गर्नु हुँदैन त्यो सिर्फ व्यापारी हो । त्योसँग कुनै नैतिक मूल्य मान्यता छैन, छिमेकी देशहरूको निम्ति समेत ! उसँग सीर्फ व्यापार छ । व्यापारको लागि उसले जसरी राजा ज्ञानेन्द्रलाई धोका दिएको थियो, त्यसै गरी हसिनलाई पनि दिएको छ ।
७. भोलि खलिदा जियाको हकमा पनि यही कुरा लागू हुन्छ, चाइनाको हकमा । बरु इन्डियाले हासिनाको निम्ति जुन स्पेस दिएको छ, त्यो भनेको हसिना प्रतिको कृत हो । हुनु पर्ने यही हो । यो कुरामा इंडिया सही देखियो । आफ्नो हितैसिको रक्षा खातिर उभिनु पर्ने नैतिकता इन्डियाले देखाएको छ ।
अस्तु ।
ए. पोख्रेल ।




