काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन् । उनको आजै अन्त्येष्टी गरिने छ ।




