एजेन्सी । ऋषभ शेट्टी, २ वर्षअघिसम्म यो नाम साउथ फिल्म इन्डस्ट्रीमा मात्रै चिनिन्थ्यो तर अहिले सिंगो फिल्म इन्डस्ट्रीको एक नयाँ सुपरस्टारका रुपमा देखिएका छन् । कारण हो ‘कान्तारा’ जसका लागि ऋषभले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । मात्र १६ करोड रुपैयाँमा बनेको कान्ताराले विश्वभर करिव ४१५ करोड रुपैयाँ कमाएको थियो ।
ऋषभ ‘कान्तारा’का लेखक, निर्देशक र अभिनेता हुन् । कान्ताराले ६ वटा मात्रै चलचित्र निर्देशन गरेका ऋषभलाई पहिलो दर्जाका निर्देशकमा ल्याएका थियो । ऋषभका लागि यो सबै सजिलो थिएन । उनले सफलता हासिल गर्न करिव २० वर्ष संघर्ष गर्नुपर्यो ।
उनी कहिले पानीको बोतल र क्यान बेचेर जीविकोपार्जन गर्थे त कहिले होटलमा अनौठो काम गर्थे । उनी फिल्ममा स्पटब्वाईको रुपमा प्रवेश गरेका थिए । लामो संघर्षपछि २०२२ मा उनले वास्तविक सफलता पाए र आज उनी ठूलो उचाइमा छन् ।
६ वर्षको उमेरमा अभिनेता बन्ने सपना थियो
७ जुलाई १९८३ मा भास्कर शेट्टी र लक्ष्मी शेट्टीको कांदापुरा, उडुपी, कर्नाटकमा एक छोराको जन्म भयो, जसको नाम प्रशान्त थियो । यस प्रशान्तलाई पछि ऋषभ शेट्टीको रूपमा पहिचान गरियो । ऋषभको स्कुलिङ कण्डपुरा जस्तो सानो गाउँमा भएको थियो । ६ वर्षको उमेरदेखि नै उनलाई नृत्य र अभिनयमा रुचि बढ्यो । त्यसपछि उनले बिकम पढ्न बेंगलुरुको विजया कलेजमा भर्ना भए ।
यहाँ पनि ऋषभलाई रंगमञ्चमा बढी रुचि थियो । उनले यक्षगान (परम्परागत थिएटर रूप) मा प्रदर्शन गरिरहन्थे, जहाँ उनको यो प्रतिभाको लागि धेरै प्रशंसा गरियो । यही प्रशंसाबाट प्रेरित भएर ऋषभले अभिनयमा करियर बनाउने सोच बनाए ।
पानीको बोतल बेचेर गुजारा चलाउँथे
आफ्नो गैर-फिल्मी पृष्ठभूमिका कारण ऋषभलाई फिल्मी दुनियाको बारेमा कुनै जानकारी थिएन, त्यसैले धेरै अनुसन्धान पछि उनले पढाइसँगै फिल्म निर्देशनमा डिप्लोमा गर्ने सोचेका थिए । ऋषभले सरकारी फिल्म एण्ड टिभी इन्स्टिच्युट, बैंगलोरमा भर्ना भए ।
मध्यमवर्गीय परिवारका ऋषभले आफ्नो पढाइ र जीविकोपार्जनका लागि आफ्ना आमाबुवालाई कष्ट दिन चाहँदैनथे, त्यसैले उनले धेरै अनौठा कामहरू गरे । उनले पानीको बोतल र क्यान बेच्ने काम पनि गरेका थिए ।




