“नयाँ आकाङ्क्षा जागेको छ उसमा
नयाँ रूप पाउन तड्पिरहेका छन्
आज ती अक्षरहरू …
कविता बन्न चाहँदैनन्
एउटा घर नै बनाउन चाहन्छन्
स्थायी, दह्रो
सपनामा चिताएजस्तो
तर, केवल ‘आफ्नो’…
“अब त बागमतीको
पुलमा कम्पन ल्याउन
अम्बर गुरुङको सङ्गीत नै चाहिएको हो –
‘समयको तसलिमाले
आश्रय होइन
अधिकार पो खोजेको हो त…'”
यही हो आजका मानिसको चाहना,
एउटा घर,
केवल ‘आफ्नो’ घर,
तर यो घरभित्र डुवर्स आँटला? शङ्का छ ।
“सम्पूर्ण आकास नै
समेट्न चाहेका हुन् कि –
हुन सक्छ!
तर
हिँडिरहेका साँघुरा बाटा पनि
आजसम्म अधुरै छ ।”
‘मृगतृष्णा’मा पनि –
“उद्देश्यविहीन भएर उडेका नि होइनन्
पटक-पटक दिग्भ्रान्त भएर
फर्केका भने अवश्य होलान्
यिनीहरू !”
“माटाले बनेका सपना
बालुवाभन्दा त मजबुतै हुन्छ”,
“बाटो देखाउनेहरू गोप्य मिटिङमा छन् रे
‘सम्झौता एक्सप्रेस’ पटरीमा आउँछ नै….”
“पर्खिँदा हुन् झिल्काहरू,
कसैलाई नटेरी
एकदिन फेरि
जङ्गलभरि छरिने हुन्
चियाबारी, मकैबारी, धानखेत हुँदै
राजमार्ग छ्याप्पै ढाक्दै,
फेरि-फेरि खरानी बनाउने हुन्
अनि,
आफू पनि खरानी बन्ने हुन्”,
‘देशलाई सोध्नु छ’
“प्राइम टाइमा
देश-दुनियाँलाई निल्ने मुखहरू
बुट्टाहरूका करङ् कहिले देख्ने हुन् –
देशलाई सोध्नु छ।”
“गणतन्त्रको मुखुण्डोलाई,
असल रङ्गमा दर्साउने,
अक्षरहरूको विस्तृत क्यानभसलाई,
समयका पाप्राहरूले,
धेरैपल्ट लुछेका छन्,
लुछिरहेका छन्,
तर सबै युद्धहरू जितेका
सुनौला इतिहास,
यी अक्षरहरूकै छन्”
“क्रन्दनले चुहेका अक्षरहरू,
घिनले धिक्कारिएका अक्षरहरू,
आदिम कालदेखि नै हल्ला गरिरहेछन्,
सभ्यताले थिचेर नै, यिनीहरूलाई,
कविता बनाएका छन्”
सत्यमाथि समयका विषालु नङ्ग्रा :
मानिसका आशा, सपना अपूर्ण छन्,
झुटा आश्वासनहरूले लट्ठ छन् मानिस,
सत्यमाथि असत्यको राज छ,
भ्रष्टाचारि, त्यहीमाथि देशद्रोही, जातिद्रोही मिर्जाफरहरू,
लुटेराहरूसँग अवैध्य सम्बन्ध रचेर
आफ्नो दुनो सोझ्याइरहेका छन्,
यस्तो नरमाइलो वातावरणले
“सत्यसित छल गरेर
सम्भोग गर्दा-गर्दा
एड्सग्रस्त भएका छन्
मिरजाफरहरू”,
“गाउँको बिचमा ठिङ्ग उभिएको
त्यो बुढो रुख
उसले एउटा सभ्यता नै देखेको छ
तर वर्तमानमा ऊ निहुरिएको छ,
“नाङ्गो युगको नाइटो देखेर”, मानवताको आँसुले,
कहिल्यै भिजेन,
आतयको पखेटा,
कहिल्यै रोकिएन,
यसको रफ्तार-
लक्ष्यहीन यात्रामा
गन्तव्य खोज्नेहरूलाई
थाहा छैन,
जीवन र मृत्युको दुरत्वलाई
साँघुर्याउने तत्त्वहरूले, लडबडाउन सक्तैन
फर्फरिएको मानवताको झन्डालाई,
कवि निश्चित छन्
आतङ्कवाद एकदिन मानवताका सामु धराशायी हुनेछ,
“वैश्विक आगो”मा –
“बोर्डिङ जाने भएको छ
ऊ अहिले,
भानुभक्त पाठशालामा पढाउँछिन आमा,
हजुरबालाई
राष्ट्र र राष्ट्रियताको परिचय सोध्छ
ग्याजुएट नाति”,
“चियाको चुस्कीसितै
राष्ट्रवादको नास्ता गर्दैछु म”
“अलकत्रे सडकहरूमा
वासनाका पैतालाहरू,
फ्लाग्-मार्च गरिरहन्छन्
रातका काखलाई किल्चँदै,
अनेकौँ दौपदीहरूका,
विभाजित भाग्यरेखाहरू
वक्ररूप लिएको देख्तैन,
लामखुट्टे समय,”
“मिठा बोठीहरूले पनि नगरेका हुँदैनन्.
‘मी-टु’ हरू,
मनभित्रका कुनै फोल्डरमा
अवकाश लिएर बसेका हुन्छन्
बस!”
“अङ्गालिएका श्वासहरूमा, जीवन बाँचिरहने,
पलहरूका स्खलनमाझ, जिउन पाइरहूँ,
तिमीभित्रको म,
अनि मभित्रको तिमी”
“कसरी बिर्सनु,
सूर्योदय हुनअघि नै
छोरा स्कुल जान्छ भनी
भान्साघरको काम निम्टाउने आमा ….,
वर्षा झरीमा आफू भिज्दै
काँधमा बोकी बस-पार्कसम्म
मलाई डोहोर्याउने
बाक्के बसेका जूनहरू, आस्थाका करङहरू,
सुकसुकाइरहेको मानवता,
पूर्णिमाका झुटा उपहार, उत्सुकताको जुलुस,
नाङ्गो युगको नाइटो,
यौवनको भूकम्प,
वैश्विक आगो,
धुवाँहरूको जुलुस,
भक्कानोका बाछिटा,
अनुहारको विज्ञापन,
विकलाङ्ग हेराइ,
शुक्राणु-डिम्बानुको बिहे,
राष्ट्रवादको नास्ता, वन्ध्याकरण गरेको सपना,
आत्मघाती वीर्यका आत्माहरू,
भोगी औजार,
सम्झनाका भग्नावशेष,
असत्यको डान्डी-यात्रा,
सभ्यताको प्रसव-पीडा,
वासनाका उन्मादी च्यादर,
कालचक्रलाई काखमा राखेर, वैश्विक कुटिर,
मरूभूमिको र्याम्प,
एटोमिक जञ्जालहरू,
सम्झौता एक्सप्रेस,
पसिनाका ब्रान्डिङ,
वैश्विक सोरुम,
विकृतिका ‘ह्वेल’,
कोममा पुगेका आस्था, एडहक विचार,
सपनाका मेटामर्फोसिस्, विचारका ‘प्युरिटी ,
बिलोकीय प्रेमका पाप्राहरू लुछिन्छन् भनिएको छ,
तर पाप्राहरू लुछिँदैनन्, उक्काइन्छन्,
आज संसारका मानवहरू,
बिस्तारै आफ्नो मौलिकता गुमाउँदै छन्,
“पाप्पा! प्लिज,
मेरो बेडरुमको लाइटको सुइच्छ अफ गरिदिनु न”,
यहाँ विदेशको ललिपपले,
स्वदेशको क्रिया, विभक्ति र निपातलाई जोडिदिएको छ,
‘समयाभास’मा यो नेपाल आमापनि
भूमण्डीकरणको यो प्रकोपबाट बाँचेको छैनन, फार्मेसी,एस.एम.एस,फोल्डर,ल्यापटप,स्क्रिन-सेभर,
पासवर्ड, किबोर्ड, कर्फ्यु, फेसियल, र्याम्प, आउटडेटेड,
क्याट्रिना, म्याराथन, लकआउट, पेन्डुलम,
निकोटिन, स्लोगान, ब्रान्डिङ, पोट्रेट, माइक्रोस्कोप,
टिनएजर, टेस्ट-ट्युब, बेबी, ग्याजुएट, कोमा,
रिसाइकल बिन, बिग बजार, न्युक्लियस, एडहक,
क्यालेन्डर, आइनोक्स, पोस्टमर्टम, गेममेकर,
मेटामोर्फोसिस्, क्लिपिङ्स, मिटिङ, चियर-लिडर,
प्यारेलाइज्ड, क्रिप्टोमेरिया, ह्यास-ट्याग क्लोरोफिल,
मेनोपज, फ्लाग्-मार्च, फ्लाक्स मसिन, इङ्गेज्ड,
प्युरिटी, फर्टिलिटी, प्लट, प्राइम टाइम,
प्यान-डिस्कसन, पोस्टर, भर्सन, स्क्याटर्ड,
कन्फ्युज्ड, ब्याट, क्याप्टेन, इनिङ्स,
रेकर्डबुक, मार्क-सिट, बस-पार्क, क्लासरुम ……..
आज ति अक्षरहरू,
कविता बन्न चाहँदैनन,
लू भन आज,
तिमी भित्रको म,
र
म भित्रको तिमी,
कसरी बिर्सनु ।




