एजेन्सी । बलिउड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म स्त्री-२ ले ५२६ करोड ४३ लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबैभन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो ।
यसअघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली २ को नाममा थियो । बाहुबली २ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो । स्त्री-२ ले यसअघि पहिलो सातामा ३०७ करोड ८० लाख र दोस्रो सातामा १४५ करोड ८० लाख कमाएको थियो ।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जी लगायतको अभिनय रहेको छ ।




