एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह छोरीका अभिभावक बनेका छन् । दीपिकाले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।
उनलाई शनिबार दिउँसो मुम्बईको गिरगाउँस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो, जहाँ रणवीर सिंह र उनका परिवारका सदस्यहरू पनि उपस्थित थिए ।
दीपिका यसअघि ६ सेप्टेम्बरमा सिद्धिविनायक मन्दिरमा दर्शनका लागि गएकी थिइन् । उनले फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन् । उक्त पोस्टमा उनले सेप्टेम्बर २०२४ मा आफ्नो सन्तानको आगमन हुने बताएकी थिइन् ।






