नेपालले नयाँ छिमेकी राष्ट्र पाउँदै छ, त्यसको संकेत मणिपुरले स्पष्ट दिएको छ । केही वर्ष अगाडि मैले सार्वजनिक रूपमा लेखिसकेको छु की, “…..तिब्बतका नाममा लडाई छेड्नु अगाडि, नेपालले नयाँ छिमेकी देश पाउँछ। तर त्यो कुरा नेपालका लागि परम मित्र देश इन्डियाले बुझ पचाएर समुन्द्र पारीको देशसँग मिलेर नेपाल बिरुद्द ताना बाना बुनिरहेको छ….” भनेर ।
स्मरणीय छ, “….नेपालका लागि इंडिया परम मित्र राष्ट्र हो तर इन्डियाका लागि नेपाल सत्रु राष्ट्र हो, त्यसैले उसले नेपाललाई सधैं थिचो मिचो गरी राख्छ” भनेर त मैले धेरै पटक लेखेको छु । गत वर्ष त्यसको झलक देखाएको मणिपुरले, गत हप्ता देखि आफूलाई ड्रोन देखि मिसायल र बम बारूद मार्फत पुन: उपस्थित गराएको छ ।
एउटा राष्ट्रिय दैनिक पत्रिकाको लेख मार्फत (अन्नपूर्ण पोस्टमा प्रकाशित छ, एमसिसी अन्तर्गतको लेखमा) मैले इन्डियाको उत्तर पूर्वी राज्यमा नयाँ राष्ट्रको जन्म हुने छ भनेर किटान गरेको छु ।
स्मरणीय छ, गत हप्ता मात्र मणिपुरमा प्रयोग गरिएका ड्रोन कुनै सामान्य प्रकारका वा स्थानीय रुपमा लुकी चोरी निर्माण गरिएका ड्रोनहरु थिएनन् । तीनीहरुमा अत्यन्त अत्याधुनिक प्रविधि प्रयोग गरिएका छन् । ती ड्रोनहरु स्थानीय रुपमा निर्माण गरिएका होइनन् ।
रकेट निर्माण र प्रक्षेपण गर्ने इंडियन वैज्ञानिकहरू त्यहाँको राष्ट्रिय अनुसन्धान केन्द्र इश्रो जस्ता साथमा रहेता पनि मणिपुरमा त्यो प्रकारको ड्रोन निर्माण गर्ने साइन्टिस्टहरु छैनन होला । भए पनि स्थानीय प्रविधि प्रयोग गरेर बनाइएका होइनन् ।
अब आफै विचार गर्नुहोस्, अत्याधुनिक ड्रोन कुन कुन देशमा बन्ने गर्छन् र ती ड्रोनहरु मणिपुरमा कसरी आइपुगे होलान् ? ती ड्रोन प्रयोग गर्नेहरु मणिपुरका कुनै हिन्दू मुस्लिम वा बुद्धिष्ट धर्मालम्बीहरु पनि होइन ।
बुझ्नेलाई इशारा काफी छ । तर यो कुरा इन्डियाले कहिले बुझ्छ र नेपालका दश गजाका सिमाना मिच्न छोडेर आफ्नै विशाल देश अक्षुण राख्न कोसिस गर्ला ? तुईन तर्दै गरेका नेपालीको तुइनको तार समेत काटेर नदीमा खसाल्ने सम्मको मानव अपराध गर्न कहिले छोड्ला ? जबकि युद्दमा समेत सर्वसाधारणको हत्या गर्नु मानवता बिरुद्दको अपराध हो भनेर विश्व जगतले कानुनी रूपमा समेत अनुमोदित नियम हो । तर इन्डियन कुन हदसम्म गिरिसकेको छ नेपालसँगको व्यवहारमा ? अब यस्ता वितण्डा गर्न छोड्ला की नछोडला ?
तर इंडिया अक्षुण रहने कुरा असम्भव छ । इंडिया विखण्डन हुन्छ, ढिलो चाँडो मात्र हो । सुरुवात मणिपुर र केरलाले दिई सकेका छन् । हालका साउथ इन्डियनहरुले स्पष्ट भन्छन्, देश हामीले बनाउने मोज चाहिँ युपी बिहारले गर्ने ?
त्यसैले साउथ देखि जम्मू कश्मीर एक साथ उठेको दिन, इन्डियन सत्ता डगमगाउँछ, छिन्न भिन्न हुन्छ। नेपालीले नयाँ छिमेकी राष्ट्र पाउँछ । नेपालले फूलबारीको जम्मा सत्ताइस किलोमीटर बाटो हुँदै, पारवहन सुविधा प्रयोग गर्ने छ । इन्डियन सत्ताले गर्ने गरेको नेपालमाथिको थिचोमिचो नयाँ युगमा प्रवेश गर्ने छ ।
विवेक राख्ने नेपाली शासकहरू आए भने, नेपालीले श्वास फेर्न पाउँछन् । त्यो दिन कहिले आउला ?
अस्तु ।




