१. ठूला ठूला नामुद डाक्टरहरुले, अझ मुटु डाक्टरहरुले र सर्वसाधारण जनताको स्वास्थ्यको माया गर्ने स्वघोषित स्वास्थ्य अभियन्ताहरुले घ्यू होइन, तेल खा भनेर ठूलो प्रचार गरेका हुन्छ बेला बेलामा ।
२. त्यस्ता केही मान्छेहरू खुब लोकप्रिय छन् । उनीहरूले मान्छेको दिमागमा एक प्रकारको सेटिङ हाल्न सफल भइसकेका छन् । यस्तो लाग्छ की उनीहरूले दिएको सुझाव नै अन्तिम हो । उनीहरू वास्तविक साक्षात् भगवान हुन । अन्तिम सत्य उनीहरूको उपदेश हो । फेरि उनीहरूले आफूलाई भगवान बनाउन कति ओटा रिसर्च गरे होलान् भनेर गुगल गरेर खोज्यो भने जिरो देखिन्छ !
३. बहुराष्ट्रिय कम्पनीका तेल मालिक र बिचौलियाहरुले वार्षिक अरबौं कमाई गर्छन् । र करोडौं रुपैयाँ खर्च गर्छन् डाक्टरहरु किन्न । डाक्टरहरु मार्फत तेल खाने प्रचार गराउँछन् । के नेपालीहरुका भगवानहरू बिक्री भएका छैनन् होला ? नेतालाई मात्र दलाल भनेर सत्तो सराप गर्ने नेपालीले, तिम्रा भगवान दलाल बन्न सक्दैनन् ?
४. नेपाली जनता माझ गाईको घ्यू खुब लोकप्रिय थियो । त्यसलाई तेजोबध गर्न तेल कम्पनीहरुले “घ्यू होइन तेल खा” भनेर प्रचार गराई रहेका छन् । ठूला डाक्टरहरु मार्फत खुब भाइरल गराएको देखिन्छ यस्ता बदनियत पूर्ण प्रचारहरु ।
५. घ्यूमा रहेको हल्का पूर्ण कोलेस्टेरोल मानव स्वास्थ्यलाई असर पुर्याउने मात्रामा हुँदैन । घ्यू खान योग्य हुन्छ। एउटा निश्चित मात्राको कोलेस्टेरोल शरीरलाई चाहिन्छ । जुन त्यही घ्यूमा पाइन्छ ।
६. ओलिव तेल भनेर बजारमा जुन मूल्य, राखिएको हुन्छ नी, पाँच देखि आठ सय एक लिटरको । त्यो मूल्यमा शुद्द ओलिभ तेल पाउन सम्भव हुँदैन । लगभग यसको दोब्बर बढी पर्न जान्छ । तर तपाईंले प्रयोग गर्ने, किन्ने वा तपाईंको गाउँ टोलमा उत्पादित घ्यू शुद्द हो । शुद्द रूपमा बनाउन सम्भव छ । शुद्द घ्यू उत्पादन बिक्री वितरण सम्भव छ हालको मूल्यमा । किसानले त्यही गरेका छन् ।
तेल खानु हुन्छ कि घ्यू ?
तपाईंहरूका दिमाग भुटी सकेका भगवानहरुलाई सोध्नु हुन्छ कि के गर्नु हुन्छ ? जे सुकै गर्नुस । चित्त नबुझे आफ्नो बाटो लाग्नुस ।
अस्तु ।




