काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले कार दुर्घटनामा परेर निधन भएको हल्ला फैलिएपछि आफू सकुशल रहेको स्पष्टिकरण दिएकी छन् । इन्स्टाग्राममा स्टोरी सेयर गर्दै प्रियंकाले यस्तो भ्रामक समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरिन् ।
उनले लेखेकी छिन्, “कार दुर्घटनामा मेरो मृत्यु भएको भन्ने हल्ला सुन्दैछु । कृपया यस्तो अफवाहमा विश्वास नगर्नुहोला । म पूर्ण रूपमा सुरक्षित छु र अहिले ‘ममी’ फिल्मको सेटमा छु ।”
सामाजिक सञ्जालमा सेलेब्रिटीहरूलाई लिएर यस्तो भ्रामक जानकारी फैलिने प्रवृत्ति पहिले पनि देखिँदै आएको छ । यसअघि कलाकार रामचन्द्र अधिकारीको निधनको झूटा हल्ला फैलिएपछि उनले पनि आफूमाथि फैलाइएको गलत सूचना खण्डन गरेका थिए ।






