काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको जीवनशैली फेरिएको छ । छोटो पहिरन, भड्किलो जीवनशैलीमा रमाउने नीता पछिल्लाे समय अध्यात्मतर्फ आकर्षित छिन् । उनी टिकटकमार्फत् आदर्शका कुरा समेत गर्ने भएकी छिन्, आजभोलि ।
भगवान भक्तिमा रमाउन थालेकी नीताका लागि यो साउन विशेष देखिएको छ । आज उनले हरियो साडीमा सजिएको तस्बिर सार्वजनिक गरेकी छन् । हिन्दु महिलाले साउनलाई भगवान् शिवको महिना मानेर हरियो/पहेँलो रङ्ग पहिरिने गर्छन् । यसै अनुरूप अविवाहित उनलाई समेत हरियो पहिरनमा देख्न पाइएको छ ।
अनुहारमा मुस्कान, हातमा मेहेन्दी, हरियै बनाइएका नङ, निधारको रातो टिकाले उनलाई आकर्षक देखिएको छ ।
उनी यति मै रोकिएकी छैनन् । अझ उनले त सिन्दूर समेत लगाएकी छन् । सिन्दूरले उनको शृङ्गारलाई पूर्ण बनाएको छ ।
निता अविवाहित हुन् । उनको प्रेम हरिहर अधिकारीसँग चलेको चर्चा भएपनि यी दुईको विवाह भएको छैन । लुकिछिपी ‘लभ डेट’ चलिरहेकाे भएपनि उनीहरूले प्रेम भने अझै स्वीकार गरेका छैनन् । उनीहरूकाे बिवाहकाे चर्चा केही समय अघि चलेकाे थियाे, तर अहिले फेरि सेलाइसकेकाे छ । नीतालाई भने सिउँदो सजाउने रहर जागेजस्ताे देखिन्छ ! न छायाङ्कनका लागि गरिएको तयारी पाे हाे कि, नीता नै जानून् !






