काठमाडौं । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सुनिता बुढा क्षेत्री विवाह बन्धनमा बाधिएकी छन् । काठमाडौंको रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनी विवाह बन्धनमा बाँधिएकी हुन् । पेशाले न्यौपाने इन्जिनियर हुन् ।
शुक्रबार काठमाडौंको एक मन्दिरमा आयोजित वैवाहिक समारोहमा आफन्त र परिवारको उपस्थिती रहेको थियो । सुनिताले गाएका ‘कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला’ लगायतका गीत लोकप्रिय छन् ।
प्रशंसकले उनलाई सामाजिक संजालबाट वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् ।






