काठमाडौं । सन्तोष लामिछानेले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक लामिछाने एवम् प्रतिमा अर्यालको स्वरमा ‘तिम्रो माया कसरी मारुँला’ बोलको गीत सार्वजनिक भएको हो । विराज फुयाल निर्देशक रहेको गीतको सम्पादन सन्दीप घिमिरेले गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा पारस बास्टाकोटी र कौशिका खड्कालाई देख्न सकिन्छ । विराज फुयाल एवम् कौशिका खड्काको कोरियोग्राफी तथा रमित बोहोराको सिनेमेटोग्राफरमा तयार भएको भिडियो वेभ रेकर्डिङ स्टुडियो मार्फत तयार भएको हो ।






