काठमाडौं । बडादशैंको मुख्य दिन आज देशभर मान्यजनबाट टीका ग्रहण गरिएको छ । यसैबीच कलाकारहरुले पनि टीका ग्रहण गरेर विजया दशमी मनाएका छन् । उनीहरुले सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गरेका छन् ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।












