मुम्बई । कलाकारहरू पारिवारिक, व्यक्तिगत एवम् भित्री पीडा सेयर गर्न खासै रूचाउँदैनन् । बाहिर हँसिला देखिने कलाकार भित्री रूपमा कुन अवस्थाबाट गुज्रिरहेका हुन्छन्, याे कसैले बुझ्न सकिरहेकाे हुँदैन । कलिउड हाेस् या बलिउड हाेस् या हलिउड, पर्दा अगाडी अरूलाई बाँच्न हौसला दिने कलाकार पनि भित्री जीवनमा मृत्युको तयारी गरेर बसिरहेको हुन सक्छ !
बलिउडमा पनि कम उमेरमा जीवन त्यागेका थुप्रै कलाकार छन् । ती मध्ये यहाँ ६ जनाको चर्चा गर्न खोजिएको छ ।
सुशान्त सिंह राजपुत
‘ड्राइव’, ‘छिछोरे’, ‘केदारनाथ’ जस्ता फिल्ममा अभिनय गरेका सुशान्तको निधन ३४ वर्षमा भएको थियो । उनले १४ जुन २०२० मा बान्द्रास्थित घरमा झुन्डिएर देह त्याग गरेका थिए । सुशान्तको निधनको कारण बलिउडमा ठुलै हंगामा भएको थियो ।

दिव्या भारती

दिब्या भारतीको मृत्य अपत्यारिलो थियो । उनका श्रीमान् साजिद नाडियाडवालका अनुसार उनले मुम्बईको पाँच तल्लामा रहेको अपार्टमेन्टबाट हाम फालेर देह त्यागेकी थिइन् । उनले ५ अप्रिल १९९३ मा देह त्यागेकी हुन् । सो समय १९ वर्षकी उनले १४ फिल्ममा काम गरिसकेकी थिइन् ।
जिया खान

‘गजनी’, ‘निशब्द’ र ‘हाउसफुल’ जस्ता फिल्ममा काम गरेकी अभिनेत्री जिया खानले ३ जुन २०१३ मृत्यु भएको थियो । उनले जुहुस्थित आफ्नै घरमा आफैँले आफ्नो देह त्यागेकी थिइन् । उनको घरमा केही चिट्ठी पनि भेटिएको थियो । जसमा प्रेमी आदित्य पञ्चोलीले धोका दिएको कुरा उल्लेख थियो ।
प्रत्युषा बनर्जी

मनमीत ग्रेवाल

३२ वर्षका अभिनेता मनमीत गेरवालले गत १५ मेमा देश गरेका थिए । उनले देह त्यागकाे बाटाे राेज्नुकाे कारण आर्थिक समस्या रहेको थियो ।
प्रेक्षा मेहता

‘क्राइम पेट्रोल’, ‘लाल इश्क’ र ‘मेरी दुर्गा’ जस्ता शोकी अभिनेत्री प्रेक्षाले गत २५ मेमा इन्दौरमा देह त्याग गरेकी थिइन् । उनले आफ्नो टुटेको सपनाले कन्फिडेन्ट सिध्याएको चिट्टीमा लेखेकी थिइन् ।






