काठमाडौं । गायक राजु लामा र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको राष्ट्रप्रेमले भरिएको गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । प्रमिला बस्नेतको शब्द र धनु ज्ञाङ्गीको संगीत रहेको यस गीतको भिडियोमा राजु लामा र अस्मिता अधिकारीले नै अभिनय गरेका छन् ।
मेगराज मगरातीको छायांकन र सम्पादनमा बनेको यस भिडियोमा डिन्सन शाहले कलर ग्रेडिङ गरेका छन् । क्यानडाबाट गीतकार प्रमिला बस्नेतको युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक भएको हो । गीतकार बस्नेतले यस गीत मार्फत समृद्ध नेपाल बनाउने उद्देश्यसहित देश विदेशका सबै नेपालीलाई राष्ट्र निर्माणमा एकताबद्ध हुन अपिल गरेका छन् ।






