काठमाडौं । तिहारको अन्तिम दिन, आज आइतबार नेपाली कलाकारहरूले आफ्ना दिदीबहिनी र दाजुभाइसँग भाइटीका मनाएका छन् । परम्परागत रूपमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने प्रचलन रहेको छ ।

कलाकार हरिवंश आचार्यसहितका विभिन्न कलाकारहरूले भाइटीकाका तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन् । यस वर्ष नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

उत्तम साइतपछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।















