साउदी अरबका विद्वान बुद्धिजीवीहरुले लगभग पहिला नै अन्दाज गरी सकेका थिए, डोनाल्ड ट्रम्पको विजय सम्भावना प्रबल छ भनेर ।
१. ट्रम्पको आक्रामक कुटनीतिबाट बच्न साउदी अरबले आफूलाई थुप्रै कुराहरूमा स्वतन्त्र वा अमेरिकन दबाबबाट बच्न थुप्रै निर्यणहरु गरिसकेको छ, ट्रम्प आउनु अगाडि नै । जबकि ट्रम्पसँग उसको सुमधुर सम्बन्ध थियो ।
जस्तै: इब्राहिम एकडमा सहमती गर्नु अगाडि नै, उसले आफ्ना सर्त अगाडि सरिसकेको छ । जबकि त्यो सहमतिको प्रमुख स्वामित्व डोनाल्ड ट्रम्प सरकारको थियो । अर्को तर्फ डोनाल्ड ट्रम्पले इजरायल सरकारलाई दुई महिना भित्र युद्द विराम गर्न दबाब दिई सकेका छन् ।
२. साउदी अरबमा अमेरिकन सेना अवस्थित छ सुरक्षाको निम्ति, त्यस बापत उसले तेल दिन्थ्यो । तर उसले अहिले तेलको भाउ आफै तोक्ने कोसिस गरिरहेको छ, जबकि पहिला तेलको भाउ साउदी अरबको सहयोगमा अमेरिकाले निर्धारण गर्ने गर्थ्यो ।
लोकल पैसामा तेलको खरिद बिक्री समेत सुरु गरिसकेको छ । यस्ता थुप्रै कुराहरूको तयारी साउदीले गरेको पाइन्छ ।
३. उदाउँदो ब्रिक्स (BRICS) भित्र आफू कतै पछाडि पारिने पो होकी भन्ने चिन्ता उसलाई लागेको पनि हुन सक्छ । त्यस कारण पनि उसले आफूलाई अमेरिकन दबाबबाट छिटो छिटो बाहिर निकालेको पनि हुन सक्छ । त्यो कोसिस हुन सक्छ । अझै एकीन छैन उसले के के गर्ला भनेर ।
४. अर्को तर्फ कतार तथा ईरानसँग राम्रो सम्बन्ध राख्न सुरु गरेको छ साउदीले ।
यमनसँग समेत उसले सम्बन्ध बढाउन कोसिस गरिरहेको छ । अर्थात् उसले आफ्नो राष्ट्रिय सुरक्षा अन्तर्गत आफै निर्णय गर्ने तयारी गर्न कोसिस गरेको हुन सक्छ ।
यसको अन्तिम निचोड के हुन सक्छ भने, साउदीले अमेरिकन सेना फिर्ता गर्ने प्रस्ताव गर्न सक्छ । त्यो प्रस्ताव ऊपर डोनाल्ड ट्रम्प सरकारको कस्तो निर्यण आउला ?
अस्तु ।




