एजेन्सी । कमेडीबाट मानिसहरुको ओठमा मुस्कान ल्याउने भारती सिंहले आफ्नो जिन्दगीमा निकै संघर्ष गरेकी छिन् । गरिबीमा बाल्यकाल बिताउनु, खानका लागि प्रलोभनमा पर्नु होस् या आफ्नो बढ्दो तौललाई लिएर असुरक्षित हुनु । यी सबै चुनौती पार लगाउँदै भारती आज एक सफल व्यक्ति बनेकी छिन् । भारतीले बिवाहअघि आफ्नो लुक्स र तौलका कारण आफूलाई कसैले प्रेम नगर्ने सोच्ने गरेको मनिष पालको पोडकास्टमा खुलासा गरेकी छिन् ।

भारतीले भनेकी छिन् – ‘मलाई पहिले लाग्थ्यो, म सुन्दर छैन । मोटी पनि छु । मलाई कुनै पुरुषले प्रेम गर्दैन, न केयर नै गर्नेछ । मैले कहिल्यै कल्पना नै गरेकी थिइनँ कि एक पुरुष मेरो यति धेरै केयर गर्नेछ ।म एक कमेडियन हुँ । मलाई सुन्दर र समझदार पुरुष मिल्ने छैन । हर्षसँग भेटेपछि थाहा भयो कि पुरुषको प्रेम कस्तो हुन्छ । उनी हरेक समय साेध्छन्– तिमीले के खायौ ? कस्तो छ ? निकै ख्याल राख्छन् ।’
भारती सिंहले हर्ष लिम्बाचियासँग २०१७ मा विवाह गरेका थिए । भारती र हर्षको जोडीसँगै काम पनि गर्छन् । भारतीका पीता उनी सानै हुँदा बितेका थिए । घरमा भारतीको पीताको तस्वीर छैन । उनको लागि आमा नै आमा र बुवा दुवै हुन् । भारतीले पीताको प्रेम कहिले पनि पाइनन् । भारतीले मनिष पालको शो मा गरिबीबारे पनि कुरा गरेकी छिन् ।

उनी भन्छिन् – ‘कुनै समय यस्तो पनि थियो, नुनसँग रोटी खान्थ्यौँ । म होस्टेलमा बस्थेँ साथीसँग । किनकी मलाई थाहा थियो कि घर गएपछि गरिबी देख्नुपर्छ । त्यही धमिलो प्रकाशमा रहनुपर्नेछ । आज हामीसँग खानका लागि दाल, रोटी, सब्जी छ ।’