एजेन्सी । पछिल्लो समय युवाहरू कुलतमा रमाउने गरेका छन् । युवा मात्रै हाेइन वृद्धवृद्धा, वयस्कमा पनि जाँड, रक्सी, चुराेट मध्ये कुनै न कुनै लत लागेकाे पाइन्छ । धेरैले नशाको लतबाट छुटकारा पाउने उपाय खोजिरहेका हुन्छन् तर चाहेर पनि कुलत छुटाउन सकिरहेका हुँदैनन् ।
कुनैपनि कुराकाे लत हटाउनका लागि पहिले त त्याे कुरा त्याग्ने संकल्प गर्नुपर्छ । जन्मजातै लागेका बानीहरू केही पनि हुँदैनन्, पछि सिकेका बानीहरू संकल्प गरेमा सजिलै छुटाउन सकिन्छ । धुमपानकाे लत त्याग्न पहिले त तपाईँले हरेक दिन सेवन गर्ने चुरोटको संख्या घटाउनुहोस्। प्रत्येक पटक सेवन गर्दा केवल आधा मात्र चुरोट सेवन गर्नुहोस् । दिनमा सकेसम्म धेरै घण्टाको फरकमा मात्र सेवन गर्नुहोस् । एस्ट्रे सफा राख्नुहोस् र एकपछि एक गर्दै टाढा राख्दै जानुहोस् ।
चुरोट तथा सूर्तिजन्य पदार्थको गन्ध आउने कपडा, घर, अफिस,गाडी वा अन्य सामग्रीहरु सफा र गन्धमुक्त राख्नुहोस् । धुमपान तथा सूर्ति सेवन छाड्न कोही साथी तथा श्रीमतिलाई पनि सँगै छाड्न मनाउनुहोस्। धुमपान तथा सूर्ति सेवन छोड्नुभन्दा पहिले शारिरिक व्यायाम शुरु गर्नुहोस् । अतिरिक्त लाइटर भएमा फ्याँक्नुहोस्।
अर्काे एउटा यस्तो उपाय छ जसले कुनै पनि नशाको लत छुटाउन मद्दत गर्न सक्छ । त्यसमा दाख प्रमुख मानिन्छ । यसलाई आयुर्वेदिक औषधिको रुपमा लिइन्छ । जो मानिसमा धुमपान, मध्यपान, खैनी, गुट्खा, पान, तम्बाकु जस्ता पदार्थको लत लागेको छ ती व्यक्तिहरुका लागि दाख निकै उपयोगी साबित हुनसक्छ ।
यसको लागि दाखमा मरिच, सुकमेल र दालचीनी मिसाएर मसिनो धुलो बनाउने र त्यसलाई स–सानो चक्की बनाएर राख्ने । र त्यसलाई बारम्बार मुखमा हालेर चुस्ने गर्नुपर्छ । उक्त चक्कीले नशाका कारण शरीर कमजोर हुने समस्याको पनि समाधान गर्छ । साथै, यसले पाचन प्रक्रिया समेत सक्रिय गराउँछ ।






