काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवा युवती मृत फेला परेका छन् । आज बिहान काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित एक होटलमा युवा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन् ।
उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ । पासपोर्ट अनुसार उनीहरु सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी हुन् । शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए ।
दुवै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ । काठमाडौं प्रहरी परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ ।




