१. विश्वका पछिल्ला प्रतिनिधि सरकारहरु मध्ये श्रीलंकन मोडल सफल हुँदै गएको देखिन्छ । तर पाकिस्तान र बंगलादेश अशान्त छन् ।
२. इमरान खान बिरुद्द खडा गरिएको पाकिस्तानी सरकार, पाकिस्तानी चुनाव र पाकिस्तानी सेना लगभग असफल हुँदै गएको छ । करिब डेढ सयको संख्यामा विभिन्न कृते मुद्दा लगाइएका इमरानको आब्वानमा लाखौं जनता सडकमा उत्रिएका छन्, सिधै पाकिस्तानी सेना बिरुद्द ।
३. पाकिस्तानको रिजिम चेन्ज लगभग असफल भएको छ। हालत खराब हुँदै गएको छ। नवाब सरिफ पंजाबका हुन जब की पंजाबको जनता जुरुक्कै सडकमा उत्रिएका छन्, इमरानको पक्षमा । हालत खराब, सोचे भन्दा खराब छ ।
४. त्यसै गरी बंगलादेशमा गरिएको हसिना बिरुद्दको जबर्जस्ती सरकार परिवर्तनले पनि ठीक किसिमले काम गर्न सकेको छैन । सडकबाट टपक्क टिपेर बनाइएका सरकार प्रमुख दैनिक कामकाज समेत चलाउन सकेको देखिदैन । कोसिस जारी छ सरकारको । तर ट्र्याकमा आउन सकेको छैन सरकार ।
५. तर श्रीलंकामा विगतमा आएको संकट पश्चातको सरकारले ठीक ढंगले काम गर्यो। र अहिले नयाँ संगठन र सरकार समेत निर्वाचित भएको छ । श्रीलंका सुरु देखि नै ट्र्याकमा आएको थियो । अर्थात् श्रीलंकन मोडलले काम गरिरहेको छ अहिले ।
६. नेपालको ठग बन्धनले कहिलेसम्म नेपालमा यसरी तबाही मच्चाइ रहने अवसर पाउला ? नेपालमा कुन मोडलको सरकार आउला अब ?
अस्तु ।
ए पोख्रेल ।




