दुर्गा प्रसाई नेपालको ईतिहासमै पहिलो पटक आर्थिक मुद्दाहरूलाई दर्होसंग उठान गर्न सक्षम भए । (एनसेल भाग्छ भन्थे, नभन्दै हिजोबाट हिडी सक्यो ।)
१. नेपालको ईतिहासमै पहिलो पटक नेपालको अर्थतन्त्रका गम्भीर प्रकारका मुद्दाहरूको विषय उठान मात्र होइन, यसलाई बदल्नको निम्ति राष्ट्रिय अभियान समेत सुरु गरेका छन् उद्योग व्यवसायी दुर्गा प्रसाईले ।
२. उनले उठाएका कुनै पनि एजेण्डाहरु ठीक छैनन्, सही होइनन र तिनीहरूको सम्बोधन गर्नु आवश्यक छैन भनेर कसैले भन्न सक्ने ठाउँ छैन । कसैले अहिलेसम्म भन्न सकेको छैन तथ्यहरुसहित ।
३. उनको बिरुद्द व्यक्तिगत रूपमा कोही अन्टसंट बोलेर बर्बराउनुको पछाडि, उसकै कुनियत हो । उनीहरुले गर्ने गराउने गरेका आर्थिक अपराधको ढाकछोप गर्न सकिन्छ कि भन्ने क्षणिक प्रयास मात्र हो । तर दुनियाँलाई थाहा भयो देशमा गम्भीर प्रकारका आर्थिक अनियमिता वा अपराध भएका छन्, जसले गर्दा देशको अर्थतन्त्र टाट पल्टिएको छ ।
४. अचम्मको कुरा त यो छ कि, यो प्रकारका गम्भीर आर्थिक मुद्दाहरूलाई अहिलेसम्म नेपालका कुनै पनि अर्थ विज्ञ हूँ भन्नेहरुले उठाएका थिएनन् ! के नेपालमा साँच्चै स्वतन्त्र अर्थ बिदहरुको अभाव रहेको छ ?
५. दुर्गा प्रसाईले औंलाएका आर्थिक समस्याहरू नेपालका अर्थ बिदहरुले अहिलेसम्म किन देख्न सकेनन् ? कतै नेपालको अर्थ सम्बन्धी ज्ञानमा विद्वताको कमी छ ? यदि ज्ञानको कमी छैन भने, तै चुप मै चुप भएर बस्नुको रहस्य के थियो आजसम्म ? अझै पनि कोही बोलिरहेको छैन किन ?
सोरह (१६) जना मारवाडीहरु, जो वर्माबाट लखेटिएर नेपाल आएका थिए, तिनीहरू पनि भाग्छन् भनेका छन् । एनसेल (NCell) भाग्छ भन्थे, नभन्दै हिजोबाट हिडी सक्यो ।
६. नेपालमा रहेका अर्थ शास्त्री वा अर्थ बिदहरु नेपालकै आर्थिक समस्याको पहिचान र त्यसको निराकरण कसरी गर्न सकिन्छ भनेर स्वतन्त्र रूपमा बोल्न नसक्ने अवस्थामा रहेछन् भन्ने कुरा पहिलो पटक दुर्गा प्रसाईले उठाएका एजेन्डाहरुले प्रमाणित भइसक्यो ।
७. दुर्गा प्रसाईले नेपालको अर्थतन्त्र सम्बन्धी भित्री तहमा पुगेर चिरफार, समस्या र त्यसको निराकरण गर्ने उपाय बताउन सक्ने हैसियत राख्दा रहेछन् । नेपालको वास्तविक अर्थ शास्त्री त दुर्गा प्रसाई पो रहेछन् ।
८. देशको माटोलाई वुझेर अर्थ तन्त्रको चिरफार गर्न सक्ने दुर्गा प्रसाईले नेपाल वा विदेशको कुन विश्व विद्यालयमा अर्थ शास्त्र पढेका थिए ? अक्सफोर्ड वा हावर्ड विश्वविद्यालय मध्ये कुनै एकबाट कति सालमा पढेका थिए ?
दुर्गा प्रसाईले गरेका तीन ठूला अपराधहरू:
१. अहिलेसम्म कसैको पनि हत्या र हिंसा समेत गर्न नसकेको । विदेशमा जेल तथा फाँसी सजाय परेकाहरूलाई छुटाएर नेपाल ल्याएको ।
२. देशमा संचालनमा रहेका उद्योग कलकारखाना बन्द गर्ने, गराउने षड्यन्त्र खेल्न नसकेको । उल्टो पाँच हजारलाई रोजगारी सृजना गर्न ठूला स्तरका उद्योगधन्दा खोल्दै हिँडेको ।
३. राष्ट्रको ढुकुटीबाट एक पैसा पनि लुट्न नसकेको । बरु उद्योग कलकारखाना खोल्न पैसा नपुगे, निजी स्तरका बैंकसँग ऋण लिएको । बैंकको कालो सूचीमा समेत पर्न नसकेको ।
अस्तु ।
ए पोख्रेल ।




