नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिका ९, स्वाठीका २३ वर्षीय प्रदीप चौधरीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । सुनवल नगरपालिका १२ त्रिनेत्र टोलस्थित बिजुलीको पोलमा स्मार्ट वाइफाइको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




