सर्लाही । रियालिटी शो द भ्वाइस अफ नेपालबाट सर्लाहीका कर्णराज गिरी बाहिरिएका छन् । शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।
शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा थिए । राजधानीमा ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेको बताउँदै आएका छन् । तर उनी दर्शक स्रोतका मत जित्न सफल भएका थिए ।
उनको केही दिनअघि आमाको निधन भए पनि प्रतिस्पर्धामै रहेका थिए । केही दिन अघिको प्रस्तुतिपछि स्वास्थ्यमा समस्या भएपछि नतिजा घोषणा समारोहको लाइभमा उनी भर्चुअल माध्यमबाट जोडिएका थिए । आमा गुमाएका सर्लाहीका कर्णराजले भ्वाईस अफ नगुमाउने आशा बोकेका थिए ।






