जब देशले मेरो काँध छुन आउँछ,
र सासकहरूले थकानको गीत गाउँछन् ।
त्यो क्षण, समयले बिस्मृतिको चोलो ओढ्छ,
र देश विकासका दृश्यहरू परछाईं झैँ पसारिन्छन् ।
हजारौं चेतावनीहरू
“कर तिर,केवल कर तिर;
आर्थिक समृद्धी मेरै पालामा !”
रत बाटो मेरा पाइला कुर्दैछ,
जहाँ आकाशले पृथ्वीलाई अँगालोमा बाँधेको छ ।
मेरो गन्तव्य, मेरा पूर्वजहरूको चौतारी,
जहाँ हड्डीहरू धुलो बनेर उड्छन् ।
त्यहाँ मेरो नाम लेखिएको
देश थियो,जहा एउटा,
मात्र एउटा सक्कली
राजा हुन्थे भन्ने अक्षरहरू समयले धमिलो बनाइसकेको ।
आज देश छ बाईसे- चौबीसे
पनि होइन,
हजारौ राजाहरूको
रजगज छ ।
जीवन एउटा उडान हो,
र मृत्यु एउटा अवतरण ।
तर डर होइन, न त पछुतो ।
म आफ्ना ति हरेक राजा हरूसँग फिर्ता लिन् चाहन्छु,
तयो देश जहा एक मात्र,
राजा होस ।
र अनि, आकाशतिर हेरेर मुस्कुराउँछु,
जय देश- जय नेपाल ।




