काठमाडौं । गायिका मेलिना राई केहि दिनअघि विवाह बन्धनमा बाँधिइन् । आज आफ्ना केही तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै, आफ्नो पतिसँगको प्रेमभाव व्यक्त गरेकी छिन् । उनले लेखेकी छन्, “प्रिय श्रीमान्, मेरो जीवनमा तपाईँलाई पाउँदा धेरै भाग्यमानी र खुसी महसुस गर्दैछु ।”
मेलिनाको विवाहलाई लिएर उनका प्रशंसकहरूले उनको खुशीमा सहभागी हुँदै शुभकामनाहरू दिइरहेका छन् । गायिका मेलिना राईको यो नयाँ जीवनको यात्रा सुखमय र समृद्ध होस् भन्ने शुभकामना सबैले व्यक्त गरिरहेका छन् ।






