वीरगंज । वीरगंज महानगरपालिका ९ स्थित चोर बजार क्षेत्रमा सोमबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको नाम, थर र वतन हालसम्म खुलेको छैन । प्रहरीका अनुसार मृतकको उमेर करिब ६५ वर्ष रहेको अनुमान गरिएको छ ।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको छ ।
प्रहरीले घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको जनाएको छ । यस घटनाले चोर बजार क्षेत्रको सुरक्षा अवस्था प्रति स्थानीयको ध्यानाकर्षण गराएको छ ।




