काठमाडौं । भिमसेन श्रेष्ठ र सबित्रा गौतमको स्वरमा सजिएको नयाँ काठे दोहोरी गीत ‘एउटा फोटो’ सार्वजनिक भएको छ । गीत सबित्रा गौतमद्वारा लिखित र संगीतबद्ध गरिएको हो । गीतमा सबित्रा गौतमको शब्द र संगीत रहेको छ भने नारायण डंगालले यसको संगीत संयोजन गरेका छन् ।
मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । गायक गायिकाको स्वरको रेकर्डिङ गोपाल दयालले मिलन फिल्म्स प्रा.लि. को स्टुडियोमा गरेका हुन् । गीतको भिडियोलाई आर्यन श्रेष्ठले निर्देशन गरेका छन् । आर्यन श्रेष्ठ, कविता राई, जयराम धिमाल र रोजी बर्देवालाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ ।
छायांकन दुर्गा श्रेष्ठ र मनोज मल्लले गरेका छन् । भिडियो सम्पादन आर्यन श्रेष्ठले गरेका छन् भने पोस्ट प्रोडक्सन भिडियो नेपाल टिभीले गरेको हो । ‘एउटा फोटो’ गीतले मौलिक कथालाई जीवन्त बनाउँदै दर्शकहरूको मन जित्ने अपेक्षा गरिएको छ । यो गीत सबित्रा गौतमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






