मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा मानसिक परेशानी रहनेछ । कार्य क्षेत्रमा कार्य प्रारम्भ गर्नमा बाधा हुनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ साथै नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ । धार्मिक र आध्यात्मिक आस्थामा वृद्धि हुनेछ । स्वास्थ्यले साथ दिनेछ । साताको अन्तिममा नयाँ नोकरीमा सफलता मिल्नेछ । जग्गा जमिन जोड्नमा पिताको सहयोग मिल्नेछ । सन्तानलाई लिएर चिन्ता रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा समाजमा मान सम्मान वृद्धि हुनेछ । साझेदारी व्यापारबाट लाभ मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको मध्यमा कार्यक्षेत्रमा साहसिक कार्य गर्नमा सफल भइनेछ । राजनीतिक प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी मिल्न सक्ला । साताको अन्तिममा पारिवारिक मनमुटाव सुल्झाउनमा सफल भइनेछ । कार्य क्षेत्रमा नयाँ कार्य थाल्नको लागि समय उपयुक्त रहेको छ । गृहणीहरूको गृहकार्यभन्दा धार्मिक कार्यक्रममा रुचि बढ्नेछ । घरमा मांगलिक कार्य हुनाले मन आनन्दित रहनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भ प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साथै कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला । साताको मध्यमा समाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कार्यबाट मनग्य लाभ मिल्नेछ । साहित्य र लेखन कलामा निखारता आउनेछ । साताको अन्तिममा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ । घरमा शुभ वा मांगलिक कार्यको रूपरेखा कोरिनेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्रा सफलतादायक रहनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा आफ्नो रुचि अनुसार कार्य गर्नमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरूको सहयोगले समयमा कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ । साताको मध्यमा अरुलाई नमागी सल्लाह नदिनुहोस् । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्न गाह्रो हुनेछ । साताको अन्तिममा सेवामूलक कामले समाजमा स्थापित गराउनेछ । कार्य क्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ । व्यापार व्यवसायलाई लिएर दीर्घकालीन योजनाहरू बन्नेछन् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा मित्रता वा प्रेमको बन्धन कसिने छ । आफन्तहरूको साथ सहयोग मिल्नेछ। राजनैतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको मध्यमा विद्यार्थीहरूलाई पठन पाठनमा सफलता मिल्नेछ । स्वास्थ्य क्षेत्रमा र सामाजिक सञ्जालमा काम गर्नेहरू व्यक्तिलाई विशेष सफलता मिल्नेछ । साताको अन्तिममा दायित्व निर्वहन गर्नमा बाधा आउनेछ । कार्य क्षेत्रमा एउटा कार्य सम्पादन गरेर नै अर्को कार्य प्रारम्भ गर्नुहोला । स्वास्थ्यमा खानपानको ध्यान दिनुहोला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धैर्य र पराक्रममा वृद्धि हुनेछ । लगनशीलताले सफलता मिल्नेछ । कार्य क्षेत्रमा शुभचिन्तकहरूको साथ मिल्नेछ । साताको मध्यमा पुरानो कुराहरूलाई लिएर मनमुटाव रहनेछ । व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । ठेकापट्टाको कामबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । विद्यार्थीहरूलाई नयाँ कुरा सिख्ने अवसर मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । साताको अन्तिममा अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । कार्यक्षेत्रमा कार्यलाई दोहोराएर गर्दा लाभ मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा नयाँ कार्यतर्फ अग्रसर भइनेछ । शत्रुहरू परास्त हुनेछन् । कार्य क्षेत्रमा उच्च अधिकारीको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई परीक्षामा राम्रो परिणाम मिल्नेछ । कृषी वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ । साताको अन्तिममा व्यापार विस्तारको लागि थप लगानी लगाउन सक्नुहुनेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विदेशतिर अड्केको धन प्राप्त हुनेछ । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसरको रूपरेखा तैयार हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा जोखिम निर्णय लिनुभन्दा अघि घरपरिवारमा सल्लाह गरौं । छर छिमेकीहरूसँग मनमुटाव हुन सक्ला । साताको अन्तिममा कार्यक्षेत्रमा कुरा नबुझी अगाडि नबढ्नुहोस् । कार्यक्षेत्रमा विश्वासपात्रहरूले धोखा दिने वा खुट्टा तान्ने प्रयास गर्नेछन् । प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धनलाभका नयाँ अवसरहरू जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ । साताको मध्यमा विगतका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ । कार्यक्षेत्रमा मन अनुकूल कार्य मिल्नाले मन उत्साहित रहनेछ । संगीत वा कलाको क्षेत्रबाट व्यक्तित्व निर्माण गर्न सकिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ । साताको मध्यमा शेयर बजारबाट मनग्य लाभ प्राप्त होला । विद्यार्थीहरूलाई मार्केटिंग क्षेत्रमा नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । सवारी साधनमा धन खर्च गर्नुपर्ला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा गाह्रो काम सम्पादन हुनाले मन आनन्दित रहनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ । साताको मध्यमा सामाजिक काममा नयाँ जिम्मेवारी मिल्नेछ । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नयाँ नोकरीमा सफलता मिल्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन् । साताको अन्तिममा मेहनतले गर्दा जीवनशैलीमा राम्रो परिवर्तन आउनेछ । शत्रु वा रोगबाट छुटकारा मिल्नेछ । भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन् ।




