सर्लाही । सोनाम ल्होछारको अवसरमा सर्लाहीको बागमती नगरपालिकाले चार दिनका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै माघ १५ देखि १८ गतेसम्म स्थानीय बिदा रहने निर्णय भएको जानकारी दिएको हो ।
यो अवधिमा नगरपालिका भित्रका सबै सरकारी संघ संस्था तथा कार्यालयहरू बन्द रहने नगरपालिकाले सूचनामा उल्लेख गरेको छ । सोनाम ल्होछार तामाङ समुदायको मुख्य पर्व भएकाले यसलाई भव्य रूपमा मनाउनका लागि बिदा घोषणा गरिएको हो ।
नगरपालिकाले सबैलाई यस पर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव र मेलमिलापमा योगदान गर्न आग्रह गरेको छ ।





