मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा मानसिक शान्ति रहनेछ । घर परिवारमा बच्चाहरूको स्वासलाई लिएर चिन्ता रहनेछ । मौसमी बीमारीबाट आफूलाई जोगाउनुहोस् । साताको मध्यमा मान सम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ जिम्मेवारी हात लाग्नेछ । साताको अन्तिममा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ । स्वादिष्ट भोजन र पहिरनले मन आनन्दित रहनेछ । धनमा वृद्धि हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा आर्थिक लाभ रहनेछ । सेयर बजार वा ठेक्कापट्टाबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा नँया अनुबन्धहरू मिल्छ । साताको मध्यमा वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ साथै स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । राजकीय मामिलाहरू सुल्झिनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा विवादास्पद कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ । घर परिवारमा मांगलिक कार्यको रूपरेखा बन्नेछ । पारिवारिक उल्झनमा समय बित्नेछ । साताको मध्यमा आर्थिक लाभको स्थिति बनिरहेको छ । नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ । घरमा साना बालबच्चालाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा मान सम्मानमा कमी आउन सक्छ । न्यायिक वा कानुनी मामिलाहरूमा सजगता अपनाउनुहोस् । व्यापार व्यवसायमा लाभ आर्जनको लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा आध्यात्मिक ज्ञान तर्फ झुकाव रहनेछ । विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा पदोन्नतिको लागि नयाँ अवसर प्राप्त हुनेछ । शत्रुहरूलाई पनि आफ्नो लगनशीलताले आफूतर्फ झुकाउन सकिनेछ । साताको अन्तिममा संचित धनमा वृद्धि हुनेछ । घर परिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा बाणीको विपरीत अर्थ लाग्न सक्छ । राजनीतिक क्षेत्रमा जनसमुदायमा कमी आउनेछ । साताको मध्यमा धार्मिक कार्यमा समय बित्नेछ । आफन्तहरूको राम्रो साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा कानुनी समस्याहरूमा विजय प्राप्त गरिनेछ । नोकरी वा पेशामा मन अनुरुप कार्य गर्न सकिनेछ । साहसिक निर्णयहरूमा सफलता मिल्नेछ । व्यक्तित्वलाई सरल बनाउने प्रयास गर्नुहोला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । नँया योजनाहरूको सुरुवात हुनेछ । साताको मध्यमा सामाजिक दायित्व निर्वहनमा बाधा हुनेछ । नोकरी वा पेशामा शत्रुहरूले खुट्टा तान्ने छन् । सवारी साधनमा धन खर्चका योग छन् । साताको अन्तिममा गृहणीहरूको गृहकार्यको साथ धर्म कर्ममा पनि मन लाग्नेछ । घरमा मांगलिक कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । उच्च पदस्थ व्यक्तिहरूको सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ । भौतिक संसाधनहरू संग्रह गर्नमा सफल भइनेछ । साताको अन्तिममा व्यावहारिक कुशलताको कमीले घरमा आन्तरिक कलह हुने सम्भावना रहेको छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । पितासँग मनमुटावका योग छन् । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ प्राप्त हुनेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नमा बाधा हुनेछ । स्वास्थ्यमा पेट सम्बन्धी समस्या रहनेछ । पौष्टिक र सादा भोजनको सेवन गर्ने प्रयास गर्नुहोला । साताको अन्तिममा कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा इष्टमित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । विगतका कमजोरीहरूमा क्रमश: सुधार ल्याउने प्रयास गर्नुहोस् । साताको मध्यमा नयाँ काम हात पार्न सफल भइनेछ । व्यवसायमा भावुकतामा आएर निर्णय नलिनुहोला । उद्योग व्यापारमा नयाँ कि्र्तिमान स्थापित गर्नमा सफल भइनेछ । साताको अन्तिममा नयाँ नोकरी पाउनमा सफलता पाइनेछ । छरछिमेकीसँग मनमुटाब सुल्झाउने प्रयास गर्नुहोस् सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनाले आँटेको कार्यसम्पादन गर्नमा सफल भइनेछ । सानो प्रयासले पनि लक्ष्य प्राप्त गर्न सकिनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । मित्रको माध्यमबाट अड्केको कार्य प्रारम्भ हुनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । आर्थिक पक्ष मजबुत रहनुको साथै नयाँ कार्य हात लाग्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा व्यापार व्यवसायमा आफन्तको साथ मिल्नेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा साहित्य वा चलचित्रक्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा जग्गा जमिन लाई लिएर घरपरिवारमा विवाद हुन सक्ला । कार्यक्षेत्रमा विश्वास पात्रबाट धोखा मिल्न सक्छ, सचेत रहनुहोस् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको मध्यमा आकस्मिक धन लाभ हुनेछ । पारिवारिक समस्या सुल्झाउनमा समय बित्नेछ । पोइली गरेको कार्यबाट लाभ मिल्ने छ । साताको अन्तिममा कार्य क्षेत्रमा लगनशीलताको उचित प्रतिफल मिल्नेछ । कृषि र पशुपालनबाट मनग्य लाभ प्राप्त गर्न सक्नुहुनेछ । रुचि अनुरुपको कार्य गर्नमा सफल भइएला ।




