रौतहट । चौथो चन्द्रपुर महोत्सव २०८१ फागुन ५ देखि १७ गतेसम्म चन्द्रपुर ४ रौतहट, तुलसीलाल अमात्य स्मृति रंगशालामा आयोजना हुने भएको छ । कृषि, पर्यटन, उद्योग, व्यापारलाई समृद्धिको आधार बनाउने उद्देश्यले आयोजना हुने यस मेलाले स्थानीय व्यवसाय तथा उद्योगहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
यस महोत्सवलाई चन्द्रपुर उद्योग वाणिज्य संघले आयोजना गरेको हो भने चन्द्रपुर नगरपालिकाको संरक्षकत्वमा तथा मधेश प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रमुख साझेदारीमा सम्पन्न हुनेछ । साथै, जेसीआई चन्द्रनिगाहपुर सिटी, लायन्स क्लब अफ रौतहट र फरेस्ट एनीमल वेलफेयर फाउण्डेशन सह(आयोजकका रूपमा रहेका छन् ।
स्टल बुकिङ खुला
व्यवसायी, उद्यमी तथा उद्योगपतिहरूका लागि मेलामा आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गर्ने अवसर उपलब्ध गराइएको छ । स्टल बुकिङ अहिले खुला भइसकेको छ । इच्छुक व्यक्तिहरूले ९८५५०६८८०२, ९८५५०४१३८२ र ९८५५०४१२६१ सम्पर्क नम्बरमा फोन गरेर आफ्नो स्टल सुरक्षित गर्न सक्नेछन् ।
चन्द्रपुर महोत्सवमा औद्योगिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, व्यापारिक गतिविधि लगायत विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिनेछन् । यसले स्थानीय तथा राष्ट्रिय व्यवसायलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।




