एजेन्सी । लोकप्रिय गायक जस्टिन बिबरको व्यक्तिगत जीवनमा समस्या देखिएको छ । केही मिडिया पोर्टलहरूले दाबी गरेका छन् कि जस्टिन बिबरले आफ्नी पत्नी हेली बाल्डविनसँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन् । जस्टिन र हेलीले सन् २०१८ मा विवाह गरेका थिए, अर्थात् ७ वर्षअघि ।
छ महिनाअघि मात्रै हेलीले छोरा ज्याक ब्लुज बिबरलाई जन्म दिएकी थिइन् । छोराको जन्मको केही महिनापछि नै उनीहरूको सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, हालसम्म जस्टिन वा हेली दुबैबाट यस बारे कुनै आधिकारिक पुष्टि भएको छैन ।
सम्पत्तिको विवाद र जस्टिनको बानी
यदि उनीहरू सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगे भने, यो जस्टिनका लागि महँगो सावित हुन सक्छ । रिपोर्टहरू अनुसार, हेलीले जस्टिनबाट ३०० मिलियन डलर लिन सक्ने बताइएको छ । डिभोर्सको निर्णय हेलीले लिएको भनिएको छ, किनभने उनी जस्टिनको बानीबाट निकै चिन्तित र हैरान छिन् ।
जस्टिनलाई ड्रग्सको बानी रहेको बताइन्छ । उनले हेलीलाई बिहे गर्दा ड्रग्सबाट टाढा रहने वाचा गरेका थिए, तर उनले त्यो वाचा तोडेका छन् । रक्सी सेवनपछि जस्टिनको व्यवहार हेलीलाई मन पर्दैन, र उनी आफ्नो सन्तानको भविष्यका लागि चिन्तित छिन् ।
हेलीले बच्चाको पूर्ण हेरचाहको अधिकार माग्न सक्ने अनुमान गरिएको छ, जसका कारण उनी ठूलो रकमको माग गरिरहेकी छिन् ।
उनीहरूको सम्बन्धको यात्रा
जस्टिन र हेलीले सन् २०१५ मा डेट गर्न सुरु गरेका थिए । त्यतिबेला जस्टिन २१ वर्ष र हेली १९ वर्षकी थिइन् । तर, एक वर्ष डेट गरेपछि उनीहरूको ब्रेकअप भयो । केही वर्षपछि उनीहरू पुन: मिले, एक अर्काका लागि बनेको महसुस गरे, र अन्तत: विवाह गरे । तर अहिले, उनीहरूको सम्बन्धमा दरार आएको बताइन्छ ।






