काठमाडौं । चलचित्र क्षेत्रकी उदीयमान अभिनेत्रीको निजी भिडियो लिक भएपछि उनी तनावमा परेकी छन् । पाँच मिनेट लामो उक्त भिडियो तीन वर्ष पुरानो भएपनि हालै मात्र सार्वजनिक भएको बताइएको छ ।
भिडियो सार्वजनिक भएपछि उनी हाल भारत गएकी छन् । उनी फागुनको पहिलो सातादेखि छायांकनमा जान लागेको चलचित्रमा मुख्य भूमिकामा छिन् । तर, हालसम्म उनी सम्पर्कमा नरहेको निर्देशकले बताएका छन् ।
यसअघि पनि केही नेपाली अभिनेत्रीहरू यस्ता विवादमा परेपनि पछि सफल पुनरागमन गरेका थिए । अब उनी यो परिस्थितिलाई कसरी सामना गर्छिन् भन्ने चासोको विषय बनेको छ ।






