सप्तरी । सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका ५ स्थित चोकमा एक अज्ञात पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । करिब ५० वर्षीय ती पुरुषको नाम, थर र वतन खुल्न सकेको छैन ।
स्थानीयले चोकमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेपछि मृत पुष्टि भएको हो । घटनाको कारण खुल्न नसकेपनि अनुसन्धान अघि बढाइएको छ ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




