सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका ८ पुरानो बजारस्थित छठ पोखरी जाने बाटो नजिक एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सोही ठाउँका ६० वर्षीय श्रिधन थापा सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
घटना बारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृतकको शव परीक्षणका लागि अस्पताल पठाइएको छ भने मृत्युको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




