रौतहट । रौतहटको गौर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत शिवनगर चोकमा सालको काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार अपराह्न इलाका प्रहरी कार्यालय शिवनगर अगाडि गरिएको चेकजाँचको क्रममा ना ४ ख ८७९४ नम्बरको पिकअप गाडी नक्कली बिलसहित फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार गाडीमा कुनै वैध कागजात नभएको करिब २२ क्युफिट सालको काठका फर्निचर भेटिएको छ ।
बरामद काठसहितको पिकअप गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय, रौतहटमा पठाइएको डीएसपी कार्कीले जानकारी दिए ।




