रौतहट । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार, फतुवा विजयपुर नगरपालिका ८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो घरनजिकै रहेको अरूवा खोलामा डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएकी उनलाई उपचारका लागि नेश्नल अस्पताल विजयपुर लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भयो ।
त्यसैगरी, माधव नारायण नगरपालिका ४ बिशुनपुरवाकी १४ महिनाकी श्रृष्टि कुमारीको मंगलबार बेलुका घरमै रहेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । उनलाई तत्काल उपचारका लागि हेल्थ ल्याण्ड अस्पताल गरुडा लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरे । दुवै घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




