सर्लाही । मलंगवा नगरपालिका ५ का ६० वर्षीय माहावीर सहनी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका ६ स्थित सडक छेउको खेतमा उनको शव फेला परेको हो ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो र अहिले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




